आज तीनवटा संसदीय समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।

कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल गर्ने कार्यक्रम छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

महिला तथा सामाजिक मामिला समितिमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची छ । बैठक दिउँसो ३ बजे बस्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *