मध्यरातमा एमाले बैठकको निष्कर्ष : पूर्वराष्ट्रपति राजनीतिमा आउनु उचित हुँदैन्

Thankot Times

थानकोट ।

नेकपा (एमाले)को बैठकले पूर्वराष्ट्रपति राजनीतिमा आउनु उचित नहुने निष्कर्ष निकालेको छ ।

ललितपुरको च्यासलस्थित मुख्यालयमा मंगलबार राति सम्पन्न नवौँ केन्द्रीय कमिटी बैठकले उक्त निष्कर्ष निकालेको हो । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनु उचित नहुने बैठकले निष्कर्ष निकालेको बताए ।

“देशको राष्ट्राध्यक्ष सर्वोच्च पदमा भएको व्यक्ति, गणतन्त्रको प्रतीक, देशको अभिभावक राजनीतिक दलको कार्यकर्ता हुन राम्रो हुँदैन । ससम्मानमा कुनै कमी राख्न हुँदैन,” बैठकले गरेको निष्कर्षबारे गौतमले पत्रकारलाई जानकारी दिए । 

राष्ट्रिय गौरव प्रदान गरेको, संविधानको मर्म र भावनामा गलत नजिर राख्ने बैठकले निष्कर्ष निकालेको उनले बताए । 

बैठकमा सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले फरक मत राखेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *