आज तीन वटा संसदीय समितिको बैठक बस्दै

Thankot Times

थानकोट।

संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । 

सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

सार्वजनिक लेखा समितिमा ‘जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणसम्बन्धी उजुरीउपर छलफल’ हुनेछ । 

सरकारका सचिवसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण गर्ने प्रस्तावमा पनि छलफल गर्ने कार्यसूची छ ।

बैठक बिहान १० बजेका लागि बोलाइएको छ । 

 विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ ।

बैठक दिउँसो १ बजे बस्नेछ । 

संघीयता सबलीकरण समितिमा ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *