संसद् मा आजका लागि तय भएको प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन
थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज सङ्घीय संसद्को प्रतिनिधिसभालाई हुने भनिएको सम्बोधन रोकिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकलाई हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ ।
कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्न उत्तर भने यथावत् रहेको उनले जानकारी दिए ।












