प्रतिनिधिसभा बैठक आजपनि बस्दै

Thankot Times

थानकोट।

प्रतिनिधिसभाको बैठक आजपनि बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो।

आजको बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संसोधन बिधेयक माथी बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *