नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि मतदान सुरु

Thankot Times

थानकोट।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि मतदान सुरु भएको छ ।

संसदीय दलको नेताका लागि  २ जनाबिच प्रतिस्पर्धा हुँदैछ ।

कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया र मुख्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बहादुर सिंह लामाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् ।

बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् ।

संसदीय दलको नेता चयन हुन कम्तीमा १९ सांसदको समर्थन चाहिन्छ ।

यसअघि संसदीय दलको तत्कालीन नेता बहादुरसिंह लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ सांसदले मत दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *