नाउपाको राष्ट्रिय भेलाले गर्‍यो रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित

Thankot Times

थानकोट ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको छ ।

बुधबार काठमाडौँमा बसेको राष्ट्रिय भेलाले उनलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको हो । 

अध्यक्ष श्रेष्ठ पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि श्रेष्ठले शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएकी थिइन् । 

बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाइएपछि पार्टीका संरक्षक रेशम चौधरीसहितका नेताहरूले असन्तुष्टि जनाएका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *