सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री ओली
थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् ।
साउन १५ को अवसरमा बिहीबार बिहान सामाजिक सञ्जालमा शुभकामना दिँदै उनले यस्तो कामना गरेका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् -‘आज साउन १५, खीर खाने परम्परागत पर्व। हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए। पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ। ‘
ओली थप लेख्छन् -‘जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ। शुभ साउन १५! सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !’












