मन्त्रिपरिषद् बैठक जारी
थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
आजको बैठक प्रधानमन्त्रीको प्रस्तावित विदेश भ्रमणलाई प्राथमिकतामा राखेर केन्द्रित हुनेछ ।
साथै, बैठकमा केही सहसचिवको सरुवासम्बन्धी निर्णय पनि हुने जनाइएको छ।
बैठकमा अन्य नियमित एजेन्डामाथि पनि छलफल हुने अनुमान गरिएको छ।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल आज राति ११ः५५ बजे दुुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जाँदैछ ।












