बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न २४ घण्टे म्याद

Thankot Times

थानकोट ।

बागमती प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढाएको छ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिका लागि भोलि (मंगलबार) दिउँसो २ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन् ।

संविधानको धारा ६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको हो ।

बहादुरसिंह लामाले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो ।

सम्भवत: अब नेपाली कांग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् ।

आफ्नै पार्टीका लामालाई अविश्वासकाे प्रस्तावमार्फत उनले संसदीय दलको नेताबाट हटाई मुख्य मन्त्रीबाट राजीनामा दिन बाध्य पारेका थिए ।

कांग्रेस-एमालेको सत्ता भागवण्डामा बागमतीको मुख्यमन्त्री कांग्रेसको भागमा परेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *