बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारको प्रमुखमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् ।

बानियाँ ११० सदस्यीय प्रदेश सभामा नेपाली काँग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली काँग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका मकवानपुर निवासी बानियाँ बागमतीको छैटौँ मुख्यमन्त्री बनेका छन् ।

बानियाँ भन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुर सिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *