बागमतीमा मन्त्रिपरिषद् विस्तार, मुख्यमन्त्रीसहित ९ जनाले लिए सपथ, विन्दु श्रेष्ठलाई उद्योग मन्त्रालय
थानकोट ।
बागमती प्रदेश सरकारका नवनियुक्त आठ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
नवनियुक्त मन्त्रीहरूमध्ये कांग्रेसबाट २ जना र नेकपा एमालेबाट ६ जना रहेका छन्।
एमालेतर्फबाट मधुसुदन पौडेल कृषि तथा पशुपंक्षी विकास, डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास, जयराम थापा श्रम रोजगार तथा यातायात, भरतबहादुर केसी वन तथा वातावरण, किरण थापा स्वास्थ्य तथा बिन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा नियुक्त भएका छन् ।
श्रेष्ठ चन्द्रागिरि नगरपालिका-४ थानकोट निवासी हुन् ।












