राजेन्द्र महतोको पार्टीका पदाधिकारी घोषणा, महासचिव मात्रै ५ जना

Thankot Times

थानकोट ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय केन्द्रीय पदाधिकारी र केन्द्रीय निकायका पदाधिकारी घोषणा गरेको छ।

पार्टीको अन्तरिम विधान २०८१ को प्रावधानअनुसार ३१ सदस्यीय केन्द्रीय पदाधिकारी घोषणा गरेको हो।

गत फागुन १२ र १३ गते बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारी चयनसम्बन्धी निर्णय गरेको थियो।

उक्त निर्णय अनुसार ढिलागरि पदाधिकारी घोषणा गरिएको हो।

पार्टीमा ४ वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष, ५ महासचिव, ७ सहमहासचिव,  १ कोषाध्यक्ष, सहकोषाध्यक्ष, ७ सचिव र २ प्रवक्ता रहने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *