किसिपिडी सम्पदा बस्तीमा ४० लाख रुपैयाँको ईंटा विच्छ्याउँदै चन्द्रागिरि नगरपालिका

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका क्षेत्रका सम्पदा वस्तीको स्तरोन्नति एवं स्तरीकरणको कार्य जारी रहेको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

चन्द्रागिरिका बलम्बु, मच्छेगाउँ, थानकोट, सतुङ्गल, किसिपिडी लगायतका स्थान नगरको सम्पदा बस्तीका रुपमा रहेका छन् ।

नगरपालिकाले बिहीबार गोरखापत्र दैनिकमा एक सूचना जारी गर्दै नगरको वडा नं. ५ किसिपिडीस्थित सम्पदा बस्तीमा ईंटा विच्छ्याउने कार्यका लागि बोलपत्र आह्वान गरेको छ ।

सो कार्यका लागि ३९ लाख ९३ हजार ३ सय ५१ रुपैयँ ०९ पैसा बराबरको बोलपत्र माग भएको हो ।

यस कार्यको बोलपत्र जेठ ४ गते खोलिने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *