जेन जेड आन्दोलनपछि हराएको २५५ राउन्ड गोली फेला, अनुसन्धान जारी

Thankot Times

थानकोट ।

गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा हराएको २५५ राउन्ड गोली नेपाल प्रहरीले काभ्रेपलाञ्चोकको बनेपा क्षेत्रबाट बरामद गरेको छ ।

प्रहरीका अनुसार बनेपा नगरपालिका-८ स्थित सडक किनारको नालामा बेवारिसे अवस्थामा राखिएको बाकसभित्र ती गोली फेला परेका हुन् ।

फेला परेका सामग्रीमध्ये एसएलआर हतियारका २३१ राउन्ड तथा ३०३ राइफलका २४ राउन्ड गोली रहेको प्रहरी विवरणमा उल्लेख छ ।

बरामद गरिएको गोलीलाई हाल इलाका प्रहरी कार्यालय बनेपामा सुरक्षित राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *