दोहोरो सुविधामा राखिएका ७०१ गाडी फिर्ता
थानकोट ।
सरकारले राज्यकोषको दुरुपायेग रोक्ने अभियानलाई तीव्रता दिएको छ ।
यसअन्तर्गत दोहोरो सुविधामा विभिन्न मन्त्रालयबाट पठाइएका राजनीतिक नेतृत्व र पूर्वप्रशासकले प्रयोग गरिरहेका गाडी फिर्ता गरिएको छ ।
हालसम्म त्यस्ता ७०१ गाडी फिर्ता गरिएको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)की प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् । फिर्ता गरिएका मध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतबाटै लगिएका २६ गाडी छन् ।
फिर्ता गरिएका गाडी सबैभन्दा बढी अर्थ मन्त्रालय र यसअन्तगर्तका कार्यालयबाट लगिएका १२४ वटा छन् । उद्योग र ऊर्जा मन्त्रालयबाट लगिएका समान १६/१६ सवारीसाधन फिर्ता गरिएको छ ।
यस्तै, कानुन मन्त्रालयबाट पठाइएका आठ, कृषिका २०, खानेपानी मन्त्रालयबाट लगिएका पाँच, गृहका २१ सवारीसाधन पनि फिर्ता गरिएको छ ।
परराष्ट्रबाट लगिएका आठ, भूमि व्यवस्थाका १२, भौतिक पूर्वाधार मन्त्रालयका ६४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका ६ सवारीसाधन फिर्ता गरिएको छ ।
रक्षाबाट लगिएका १४, वन मन्त्रालयका १३ र सहरी विकास मन्त्रालय र यसअन्तर्गतका नियकाबाट पठाइएका ७५ गाडी फिर्ता ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।











