‘डीडीसी’बाट कर्मचारीले सित्तैमा दूध-घिउ खाने व्यवस्थामा रोक, वार्षिक ७८ लाख रुपैयाँ जोगिने

Thankot Times

थानकोट ।

कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिएकी छन् ।

उनले डीडीसीका कर्मचारीले नियम विपरीत दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा पाउने गरेको गुनासा आएका भन्दै तत्काल रोक्न निर्देशन दिएकी हुन् । मन्त्री चौधरीको निर्देशनअनुसार कार्यान्वयन भएपछि संस्थानको वार्षिक ७८ लाख रुपैयाँ जोगिने छ ।

दुग्ध विकास संस्थान घाटामा छ ।

किसानले भुक्तानीलगायत समस्या भोगिरहेका छन्, तर कर्मचारीले वार्षिक लाखौँ रकमको दूध र घिउ सित्तैमा लैजाने कुरा राम्रो नभएको मन्त्री चौधरीले बताइन् ।

कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम अब किसानको बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने कृषि मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ