ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ६८७ सवारी चालक कारबाहीमा
थानकोट ।
पछिल्लाे २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।
यसबाट राज्यकोषमा २० लाख ३१ हजार ५०६ रुपैयाँ राजश्व दाखिला भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६३, संकेत बत्ती उल्लंघनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११७ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६६, निषेधित क्षेत्रमा हर्न बजाउने ८६, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १२१ र अन्य सवारी नियम पालना नगरेका ८०४ जनालाई कारबाही गरिएको हो ।
फाइल फोटो










