धादिङमा फरकफरक स्थानमा दुर्घटना, २ जनाको ज्यान गयो

Thankot Times

थानकोट ।

धादिङको थाक्रे गाउँपालिका-६ दशकिलामा गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ४७८१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९३ वर्षीया गंगा देवी बिडारीको मंगलबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको थाक्रे पोलिक्लिनिक हुँदै गजुरी प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धादिङकै थाक्रे गाउँपालिका-२ बाह्रकिलामा बा.३ क २०६९ नम्बरको गाडी बा.४ क ०६२७ नम्बरको गाडीमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा बा.३ क २०६९ नम्बरको गाडी चालक गजुरी गाउँपालिका-६ बस्ने २५ वर्षीय दिनेश भुजेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।

बा.४ क ०६२७ नम्बरको गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *