एमाले केन्द्रीय कार्यालय भवन बल्खुस्थित आफ्नै जग्गामा निर्माण गरिने
थानकोट ।
नेकपा एमालेले काठमाडाैंकाे बल्खुस्थित मदननगरकाे आफ्नै जग्गामा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ ।
भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार बसेकाे सचिवालयको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी उपमहासचिव लेखराज भट्टले आफ्नै जग्गामा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय भएको जानकारी दिए ।
२०७२ सालको भूकम्पबाट पार्टी कार्यालय भवन क्षतिग्रस्त भएपछि कार्यालय विभिन्न स्थानमा सर्दै आएको थियाे ।










