जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीद्वारा भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना

Thankot Times

थानकोट ।

दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्त श्रीविभूषित जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीद्वारा “धार्मिक विजय यात्रा नेपाल–२०२६” को अवसरमा सोमबार चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका छन् ।

जगद्गुरु शंकराचार्यसहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकाल तथा संस्थापकहरू र सञ्चालक समितिसहितका पदाधिकारीहरू लगायतले स्वागत गरेका थिए ।

भ्रमणका अवसरमा जगद्गुरु शंकराचार्यले चन्द्रागिरि हिल्सलाई पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्यका रूपमा प्रशंसा गरेको बताइएको छ ।

उनले चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति भएको प्रतिक्रिया दिएको चन्द्रागिरि हिल्सले जनाएको छ ।

यहाँको वातावरण, संस्कृति र प्राकृतिक सुन्दरताले सबैलाई आकर्षित गर्ने उल्लेख गर्दै उनले चन्द्रागिरिको सौन्दर्यको प्रशंसा गरेका थिए । भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो तथा शान्त मौसम र काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्दै केबलकार यात्रा अत्यन्तै स्मरणीय अनुभव भएको प्रतिक्रिया दिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ