सरकारी कर्मचारीलाई आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

आज (बिहीबार) देखि देशभर लगातार ४ दिन सार्वजनिक बिदा हुने भएकाे छ ।

सरकारले बकर इद पर्वकाे अवसरमा आज (बिहीबार) सार्वजनिक बिदा दिएसँगै आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको हाे ।

गृह मन्त्रालयको निर्णय र पूर्व निर्धारित सार्वजनिक बिदाको सूचीअनुसार आज बिहीबारदेखि आगामी आइतबारसम्म देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहने भएका हुन् ।

सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इद-उल-अज्हा) अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गरी आज (जेठ १४) बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

त्यस्तै, भोलि १५ जेठमा गणतन्त्र दिवस मनाइँदै छ । गणतन्त्र दिवसका लागि पनि सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

त्यसैगरी, १६ जेठमा शनिबार र १७ जेठमा आइतबार नियमित सार्वजनिक बिदा परेको छ । गृहका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुस्लिम आयोगबाट मिति २०८३ जेठ १४ गते बिहीबारका दिन बकर इद परेको बेहोरा जानकारी प्राप्त हुन आएको हुँदा मिति २०८३ जेठ १४ गते सार्वजनिक बिदा हुने भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *