प्रहरी वरिष्ठ उपरीक्षकहरूको सरुवा, जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुखमा दिलिप घिमिरे

Thankot Times

थानकोट ।

नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ ।

प्रहरीको मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार ३३ जना एसएसपीहरूको सरुवा भएको हो ।

जिल्ला प्रहरी परिसर, ललितपुरमा तुलबहादुर कार्कीको सरुवा भएको छ ।

उनी यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरामा कार्यरत थिए ।

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंमा दिलिप घिमिरेको सरुवा भएको छ ।

उनी यसअघि प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग वृत्ति विकास महाशाखामा कार्यरत थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *