नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै
थानकोट ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ ।
दिउँसो १ बजे बस्ने बैठकमा समितिमा परेका उजुरीका बारेमा बैठकमा छलफल हुने समिति सचिव दिनेश थापामगरले जानकारी दिएका छन् ।
“समितिमा झण्डै ७०० उजुरी परेका छन् । तिनै उजुरीउपर कारबाहीका लागि समितिको बैठकमा छलफल हुनेछ,” उनले भने ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा विपक्षी दलको उमेदवारलाई सघाएर पार्टीमाथि विश्वासघात गरेको लगायत विषयमा उजुरी परेको उनले जानकारी दिए ।












