१३५ बोरा कोइलासहित मकवानपुरका २ जना मातातिर्थबाट पक्राउ

Thankot Times

थानकोट ।

प्रहरी वृत्त थानकोटले ठूलो परिमाणमा अवैध रूपमा ल्याइएको कोइलासहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार जेठ १४ गते जिल्ला मकवानपुरको चखेल क्षेत्रबाट कोइला ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा थानकोट वृत्तबाट खटिएको टोलीले बिहान करिब ४ः५० बजे चेकजाँच गर्दा सो सामाग्री फेला पारेको थियो ।
चन्द्रागिरि नगरपालिका-८ मातातिर्थस्थित एपीएफ एकेडेमी नजिक बा १२ च ९६१३ नम्बरको डीआई गाडीलाई रोकी जाँच गर्दा गाडीभित्र लुकाइछिपाइ गरेर राखिएको १३५ बोरा कोइला फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले सो कोइला ओसारपसारका लागि आवश्यक अनुमतिसम्बन्धी कुनै कागजात नभेटिएको जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ नवराज स्याङतान तथा इन्द्रसरोवर गाउँपालिका बस्ने २५ वर्षीया बिरुलक्ष्मी तामाङलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले गाडी, कोइला तथा कोइला तौल गर्न प्रयोग हुने तराजुसमेत नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौं हात्तीसारमा बुझाउने तयारी गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ