लुम्बिनी प्रदेश सरकारका ४ जना मन्त्रीले राजीनामा दिए
थानकोट ।
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदबाट नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिएका छन् ।
आफूहरूले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।
राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकासमन्त्री ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्थी र स्वास्थ्यमन्त्री खेम सारु छन् ।
एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने तयारी गरेको छ ।
लुम्बिनीका मुख्यमन्त्री आचार्य एमालेका हुन् ।












