सर्वदलीय बैठक निष्कर्षविहीन, संसद अवरोध कायमै राख्ने विपक्षीको निर्णय

Thankot Times

थानकोट ।

संघीय संसदकाे जारी गतिरोध तत्काल अन्त्य नहुने संकेत देखिएको छ ।

विपक्षी दलहरूले संसद बैठकमा अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छन् ।

संसदमा देखिएको अवरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए ।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भए पनि संसदकाे अवरोध हटाउने विषयमा सहमति जुट्न सकेन ।

बैठकमा संसदकाे गतिरोध, समसामयिक राजनीतिक विषय तथा सहमतिका सम्भावनाबारे छलफल भएको बताइएको छ ।

तर, विपक्षी दलहरूले आफ्ना माग सम्बोधन नभएसम्म संसद अवरोध जारी राख्ने अडान दोहोर्‍याएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *