टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको १०० खेल पूरा
थानकोट ।
नेपाली टी-२० क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० खेल पूरा गरेका छन् ।
एशियाली खेलकुद छनोटको फाइनलमा आज हङकङसँगकाे खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन् ।
दीपेन्द्र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० खेल पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन् ।
उनले सन् २०१८ मा नेदरल्यान्ड्ससँगको खेलमा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
यस्तै, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रपछि सोमपाल कामीले ९२ र करण केसीले ९१ खेल खेलेका छन् ।












