राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश सभापतिमा ४ जनाको उम्मेदवारी कायम
थानकोट ।
रास्वपा बागमती प्रदेशको सभापतिमा ४ जनाको उम्मेदवार कायम रहेको छ ।
२ जना सांसद सहित ५ जनाले उम्मेदवारी दिएकोमा ४ जनाको उम्मेदवारी कायम रहेको हो ।
मङ्गलबार राति निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको थियो ।
जस अनुसार काभ्रेबाट निर्वाचित सांसद वदन भण्डारीले उम्मेदवारी फिर्ता गरेका छन् ।
सार्वजनिक गरिएको सभापतिका उम्मेदवारहरूको अन्तिम नामावलीमा रामेछापका हरि बहादुर खत्री, नुवाकोटका डा. अच्युतम लामिछाने, धादिङका कृष्णमान श्रेष्ठ र मकवानपुरका उत्सव अर्याल रहेका छन् ।
आज बिहान पनि निर्वाचन कार्यतालिका अनुसार मतदान हुन नसकेपछि बिहान ८ बजेसम्म निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।
त्यस्तै रास्वपा बागमती प्रदेशको सदस्य पदका लागि ८८ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले खुला सदस्य, समावेशी (दलित, महिला, अल्पसंख्यक) र विभिन्न निर्वाचन क्षेत्रका आधारमा उम्मेदवारहरूको वर्गीकरण गरेको छ।
सदस्य पदका लागि काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, काभ्रेपलान्चोक,सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, दोलखा, सिन्धुली र रामेछाप जिल्लाका प्रतिनिधिहरू चुनावी मैदानमा उत्रिएका छन्।
अन्तिम नामावली प्रकाशन भएसँगै मतदानको प्रक्रिया अघि बढाउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ।












