स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

Thankot Times

थानकोट ।

स्रोत नखुलेको रु आठ लाख ६१ हजार ५०० सहित नयाँ सडकबाट एक जना पक्राउ परेका छन्  ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सिन्धुपाल्चोकका सविन तिमल्सिनालाई पक्राउ गरिएको हो ।

निजविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट हुन्डीसम्बन्धी कसुरमा चार दिनको म्याद लिई अनुसन्धान  भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ