सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई

Thankot Times

थानकोट ।

सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीलाई दिइएको छ ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेकासशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि कार्कीलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *