रास्वपा बागमती प्रदेश सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेशको सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् ।

यसअघि सभापति रहेका डा. अच्युत लामिछानेसहित तीन जना उम्मेदवारलाई पराजित गर्दै अर्याल निर्वाचित भएका हुन् ।

 निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अर्यालले ४१६ मत प्राप्त गरी विजयी हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी डा. लामिछानेले ४१४ मत प्राप्त गरे ।

प्रदेश नेतृत्वका लागि सुरुमा ५ जनाको उम्मेदवारी परेको थियो । तर, सांसद बदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि ४ जना चुनावी मैदानमा उत्रिएका थिए ।

 सभापतिका लागि सांसद एवम् निवर्तमान सभापति डा. अच्युतम लामिछाने (नुवाकोट), निवर्तमान प्रवक्ता उत्सव अर्याल (मकवानपुर), कृष्णमान श्रेष्ठ (धादिङ)र हरि बहादुर खत्री (रामेछाप) बिच प्रतिस्पर्धा भएको थियो ।

उप-सभापतिमा सुरेन्द्र भट्ट, महामन्त्रीमा मेनुका ठकुरी, सहमहामन्त्रीमा स्वस्तिका लामिछाने र मिनप्रसाद गैरे विजयी भएको रास्वपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ