फिफा विश्वकप फुटबल २०२६: हाइटीमाथि स्कटल्यान्डको प्रभावशाली जित

Thankot Times

थानकोट ।

जारी विश्वकप फुटबल प्रतियोगितामा स्कटल्यान्डले हाइटीमाथि प्रभावशाली जित हासिल गरेको छ ।

अमेरिकास्थित बोसटन रंगशालामा आइतबार बिहान सम्पन्न खेलमा स्कटल्यान्डले हाइटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

स्कटल्यान्डका लागि जोन म्याकगिनले २१औँ मिनेटमा गोल गरेका थिए ।

उक्त गोल नै जितमा परिणत भयो ।

विश्वकपमा स्कटल्यान्ड र हाइटीको यो पहिलो खेल हो ।

प्रतियोगिता अन्तर्गत आज राति पाैने ११ बजे जर्मनीले कुराकाओको सामना गर्नेछ ।

भोलि बिहान पाैने २ बजे नेदरल्याण्ड्सले जापानको सामना गर्दा भोलि नै बिहान पाैने ५ बजे आइभरी कोष्टले इक्वेडरसँग खेल्नेछ । भोलि नै बिहान पाैने ८ बजे स्वीडेनले ट्युनिसियासँग खेल्नेछ ।

तस्बिरः फिफा


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ