फिफा विश्वकप फुटबल २०२६: ब्राजिल र मोरक्को, कतार र स्वीट्जरल्यान्डले बराबरी खेले

Thankot Times

थानकोट ।

फिफा विश्वकप २०२६ मा ब्राजिल र मोरक्कोबीचको खेल बराबरीमा टुंगिएको छ ।

नेपाली समयअनुसार आइतबार बिहान अमेरिकाको न्यु जर्सीमा भएको ब्राजिल र मोरक्कोबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको २१‍औँ मिनेटमा इस्माइल साइबारीको गोलमार्फत मोरक्कोले अग्रता कायम गरेको थियो । तर, त्यसको ११ मिनेटपछि ब्राजिलले गोल फर्कायो ।

३२औँ मिनेटमा ब्राजिलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा भने कुनै पनि गोल हुन सकेन ।

विश्वकप इतिहासमा ब्राजिल र मोरक्कोबीच यो दोस्रो खेल हो । सन् १९९८ को विश्वकपको समूह चरण खेलमा ब्राजिल र मोरक्कोबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा ब्राजिल विजयी भएको थियो ।

फिफा विश्वकपमा कतार र स्वीट्जरल्यान्ड पनि बराबरीमा रोकिएका छन् ।

आइतबार बिहान भएको खेलमा कतार र स्वीट्जरल्यान्डले समान १/१ गोल गरेका हुन् ।

सान फ्रान्सिसमा भएको खेलमा कतारका बुआलेम खोखी र स्वीट्जरल्यान्डका ब्रील एम्बोलो १/१ गोल गरे ।

स्वीट्जरल्यान्डका एम्बोलोलीले खेलको १७औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । कतारले भने दोस्रो हाफको इन्जुरी समयमा गोल गरेको हो ।

फिफा विश्वकपमा कतारको यो दोस्रो गोल हो भने पहिलो बराबरी हो । अघिल्लो विश्वकप आफैँ आयोजना गरेको कतारले कुनै पनि खेल जितेको वा बराबरी गरेको थिएन । भने एक गोल मात्रै गरेको थियो ।

समूह बी कै अघिल्लो खेलमा क्यानडा र बोस्निया र हर्जगोभिनाबीचको खेल पनि १-१ गोलको बराबरीमा टुंगिएको थियो ।

प्रतियोगिता अन्तर्गत अहिले बिहान पाैने ७ बजे हैटी र स्कटल्याण्डबीच खेल भइरहेको छ, बिहान पाैने १० बजे अष्ट्रेलियाले टर्कीको सामना गर्ने तालिका रहेको छ ।

तस्बिरः फिफा


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ