रास्वपा सभापति लामिछानेले अधिवेशनबारे मधेश प्रदेशका सांसदसँग छलफल गर्दै

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेश प्रदेशका सांसदहरूसँग आगामी अधिवेशनका विषयमा छलफल गरेका छन् ।

संसदीय दलको कार्यालय, सिंहदरबारमा आयोजित छलफलमा अधिवेशनको तयारी, पार्टीको भूमिका तथा समसामयिक राजनीतिक विषयमा विचारविमर्श भएको बताइएको छ ।

छलफलमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूको सहभागिता रहेको थियो ।

बैठकमा अधिवेशनमा उठाइने एजेन्डा, प्रदेशका जनसरोकारका विषय तथा संसदीय गतिविधिलाई प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको जनाइएको छ ।

पार्टी सभापति लामिछानेले अधिवेशनलाई उपलब्धीमूलक बनाउन सांसदहरूको सुझाव र धारणा संकलन गरेको रास्वपाले जनाएको छ । बैठकमा पार्टीको आगामी रणनीति र संगठनात्मक गतिविधिबारे पनि छलफल भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *