राप्रपाको कार्यसम्पादन समिति बैठक आज बस्दै
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न मध्यान्ह साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो ।
कार्यसम्पादन समितिको बैठकले असार ५ र ६ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्ने बताइएको छ ।
यस पटकको केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशन केन्द्रित हुनेछ ।
बैठकले महाधिवेशनको मिति समेत तोक्नेछ ।
केन्द्रीय कार्यसमिति बैठक धुम्बाराहीको सूर्य ब्यांकेटमा असार ५ गते बिहान ११ बजे बोलाइएको छ ।










