राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्वाचित

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्वाचित भएका छन् ।

चितवनका जारी सो पार्टीको पहिलो महाधिवेशनमा सभापति पदमा एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

लामिछाने रास्वपाका संस्थापक सभापति समेत हुन् ।

पहिलो महाधिवेशनमा उनलाई निर्विरोध सभापति बनाउने समझदारी जुटेको थियो ।

सोहीबमोजिम उनी सभापतिमा दोहोरिएका हुन् ।

महाधिवेशन अन्तर्गत अन्य पदहरूमा आज बुधबार निर्वाचन हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *