सांसद प्रदिप विष्ट रास्वपा केन्द्रीय सदस्यमा निर्वाचित
थानकोट ।
सांसद प्रदिप विष्ट राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।
सो पार्टीको चितवनमा जारी पहिलो महाधिवेशनअन्तर्गत बिहीबार सम्पन्न मतदानबाट विष्टसहित ६४ जना केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।
विष्टले क्लष्टरतर्फ १०४३ र प्रवासबाट १३ गरी कुल १०५९ मत प्राप्त गरेका हुन् ।
उनी यसअघि रास्वपा काठमाडौं जिल्ला कमिटी सभापति थिए । विष्ट काठमाडौं क्षेत्र नं १० बाट निर्वाचित सांसद हुन् ।










