आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित

Thankot Times

थानकोट ।

शुक्रबारका लागि बाेलाइएकाे प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएकाे हाे ।

संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेकाे सूचनामा बैठक १३ असार शनिबारका लागि सरेको जानकारी दिए ।

संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक स्थगित गरी शनिबारका लागि सार्ने निर्णय गरेका हुन् ।

यसअघि ११ असारका लागि बैठक पूर्व निर्धारित भएकामा पहिलो सूचनामार्फत् स्थगन भएको थियो । चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलाे महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *