रास्वपा उपसभापतिमा सोविता गाैतम, महामन्त्रीमा विपिन आचार्य निर्वाचित
थानकोट ।
रास्वपा उपसभापतिमा सोविता गौतम विजयी भएकी छन् । उनले ७८९ मत पाइन् ।
प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।
महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् ।
उनी यसअघि रास्वपाको सहमहामन्त्री थिए ।
यस्तै सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी भएका छन् । चितवनमा भएको पार्टीको प्रथम महाधिवेशनमा उनीहरू विजयी भएका हुन् ।
सहमहामन्त्री पुरुषका लागि शाह र ढकालसहित रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरु र हिमेश पन्त प्रतिस्पर्धी थिए ।
महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन् ।
महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, र रिमा विश्वकर्मा उनका प्रतिस्पर्धी थिए ।










