कुटपिटबाट आमाको मृत्यु, २४ वर्षीय छोरा पक्राउ

Thankot Times

थानकोट ।

भक्तपुरको सूर्य विनायक नगरपालिका-९ भातेढिकुरमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका-५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई शुक्रबार साँझ करिब पाैने ८ बजे उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।

सो क्रममा गम्भीर घाइते भएकी चौधरीलाई सूर्य विनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्‍याइएकी उनको राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा संलग्न मृतककै छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ