सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार भने सुन तोलामा दुई लाख ८९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा ३० रुपैयाँले घटेर तोलामा ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी तोलामा ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *