नागढुङ्गा नाकाबाट ५ हजार केजी अवैध कोइला बरामद
थानकोट ।
प्रहरीले नागढुङ्गा नाकाबाट ठूलो परिमाणको कोइला बरामद गरेको छ ।
काठमाडाैं जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं सूचना अधिकारी पवन कुमार भट्टराईका अनुसार साउन १० गते अपरान्ह ४ बजे स्याङ्जाबाट काठमाडाैंतर्फ आउँदै गरेको लु १ ख ८५३४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ५ टन परिमाणको कोइला फेला परेको हो ।
उक्त कोइलाको मूल्य अन्दाजी २ लाख ५६ हजार रुपैयाँ रहेको प्रहरीको भनाइ छ।
प्रहरीले उक्त परिमाणको कोइला, संलग्न ट्रक र दुई जना पुरुषलाई नियन्त्रणमा लिएकोमा आवश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय हात्तिसार पठाएको छ ।










