राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि अनुशासनको कारबाही

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कारबाही गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकार सम्मेलन गर्दै थापालाई अनुशासनको कारबाही गरेको जानकारी दिए ।

राप्रपाको सचिवालय बैठकले थापालाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो ।

बैठक आज पार्टी कार्यालयमा बसेको थियो ।

बागमती प्रदेश सरकार गठनका लागि एमाले र नेकपाको गठबन्धनलाई समर्थन गरेको भन्दै संसदीय दलका नेता थापालाई कारबाही गरिएको हो । अध्यक्ष लिङ्देनले एमालेले चलखेल गरेर पार्टीभित्र समस्या खडा गरेको पनि बताएका छन् ।

बागमतीमा एमाले सरकार बनाउन समर्थन गरेको विषयले राप्रपामा विवाद निम्ताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ