राप्रपाका संसदीय दलका नेता उद्धव थापालाई सांसदबाट हटाउने निर्णय

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका सदस्य तथा संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेशसभामा पत्र पठाउँदै थापालाई प्रदेशसभा सदस्यबाट हटाउने निर्णयबारे जानकारी गराएका हुन् ।

अध्यक्ष लिङ्देनको हस्ताक्षर रहेको उक्त पत्र राप्रपाकी बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले उपसभामुख अप्सरा चापागाईंलाई बुझाएकी छन् ।

पार्टीको निर्णयविपरीत गतिविधि तथा निर्णय गरेको भन्दै थापालाई सांसद पदबाट हटाउने निर्णय गरिएको पत्रमा उल्लेख छ ।

यससँगै राप्रपाभित्र बागमती प्रदेशमा देखिएको आन्तरिक विवाद थप चर्किएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *