भोटेकोसी बाढी प्रभावित क्षेत्रमा तत्कालै १ अर्ब परिचालनको निर्णय

Thankot Times

थानकोट ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ।

मंगलबार उक्त कोष सञ्चालन समितिको बैठकले एक अर्ब रुपैयाँ तत्काल परिचालन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् कोष सञ्चालन समितिका संयोजक डा.गुणकर भट्टले  गृहसचिवको नेतृत्वमार्फत कोष परिचालन हुने गरी  विपद् व्यवस्थापन कोषमा रकम निकासा गरिएको बताए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषमा गृहसचिवले व्यवस्थापन गर्नुहुन्छ। प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट बैंकको खातामा रहेको मौज्दातबाट एक अर्ब रुपैयाँ कोषमा पठाइएको हो।

अब उक्त रकम बाढीग्रस्त क्षेत्रमा आवश्यकता र मागका आधारमा  उद्धार, राहत, तत्कालीन पूर्वाधार सुधार, अस्थायी वासस्थान निर्माण लगायतमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गर्न सकिने छ।

यसका लागि बाढीग्रस्त पालिका वा जिल्लाका विपद् व्यवस्थापन समितिले आफ्नो आवश्यकताअनुसार रकम माग गर्न सक्नेछन्। त्यसैका आधारमा गृहसचिव नेतृत्वको समितिले रकम वितरण गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *