प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १२ अर्ब रुपैयाँ

Thankot Times

थानकोट ।

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ।

गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि सरकारले आह्वान गरेको सहयोगमार्फत कोषमा ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार कोषमा रहेको रकममध्ये नौवटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात छ। यस्तै, दुईवटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर रहेको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि कोषबाट यसअघि नै १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।

बाढीपछि सरकारले प्रभावितको राहत तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशबाट सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो।

सोही क्रममा विभिन्न व्यक्ति, संस्था तथा निकायबाट प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ