धादिङको थाक्रेमा माेटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

Thankot Times

थानकोट ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गल्छीबाट सिम्लेतर्फ जाँदै गरेको बा ५७ प ४३२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा गल्छी गाउँपालिका-५ का दिनेश तामाङ र हरl तामाङ रहेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ