एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपाल र ओमानबीच खेल जारी, नेपाल पहिले ब्याटिङमा
थानकोट ।
एसीसी प्रिमियर कप अन्तर्गत नेपालले सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको बायुमास क्रिकेट ओभलमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानका कप्तान विनायक शुक्लाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
आजको खेल जित्दै नेपाल फाइनलमा पुग्न चाहन्छ । नेपाल समूह ए को विजेता बनेर सेमिफाइनलमा स्थान बनाएको थियो ।
यस्तै, ओमानले समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो ।










