नेपालले बंगलादेशसँग द्विपक्षीय टी-२० सिरिज खेल्ने

Thankot Times

थानकोट ।

नेपालले बंगलादेशसँग पहिलोपटक द्विपक्षीय अन्तर्राष्ट्रिय टी–२० सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)को संयुक्त पहलमा तीन खेलको सिरिज आयोजना हुने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् ।

खड्काद्वारा जारी विज्ञप्तिअनुसार सिरिजअन्तर्गत पहिलो खेल २६ मार्च २०२७ मा हुनेछ ।

त्यसपछि मार्च २८ मा दोस्रो तथा मार्च ३० मा तेस्रो खेल खेलाइनेछ ।

नेपाल र बंगलादेशबीच पहिलोपटक तीन खेलको टी-२० सिरिज आयोजना हुन लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *